Samajik Feed – News Portal from Nepal

१३ पौष, जनकपुरधाम। काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान सुरु हुने जानकारी गराएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा न भएकोले त्यहाँ को यात्री हरु लाई गाह्रो भएको थियो।

पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ भने सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने छ ।

बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेका हुन् । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जानकारी दिएको छ। पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने बताउनु भएको छ ।

गुण एयरलाइन्सले समेत पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन यात्रीहरुलाई सहज हुने बताउनु भएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएका छन्। यो विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन र त्यसै गरि अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *