Samajik Feed – News Portal from Nepal

१३ पौष, जनकपुरधाम। रामसहाय प्रसाद यादव जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनु भएको छ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका हुन् ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी रहेको बताउनु भएको छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद छन्।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए भने अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बन्न सकेन ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसदहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *