१३ पौष, जनकपुरधाम। सप्तरीमा आगोमा जलेर एकजना वृद्धको मृत्यु भएको छ ।
लामखुट्टे धपाउन गोठघरमा बालिएको आगो सल्किँदा गोठमै आगो लागेपछि जलेर सप्तरीको बोदेबरसाइन नगरपालिका ४ का ८० वर्षीय मुक्ति राउतको मृत्यु प्रहरी ले जानकारी दिएको छ।
प्रहरीका अनुसार घुरबाट गोठघरमा आगो सल्किँदा वृद्ध राउत गोठमै रहेको बाकसमाथि सुतिरहेकि थिइन ।
आगलागी भएको बेला सुतिरहेका उनले आगो लागेको थाहा पाएपछि निस्किन नसक्दा ज्यान गएको स्थानीयले बताएका हुन्। उनलाई आगोबाट निकाल्न खोज्दा २५ वर्षीय मृतकको नातीको हात जलेको छ ।