१३ पौष, जनकपुरधाम। जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन सदाको किचिएर मृत्यु भएको छ ।
भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ।
वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।