Samajik Feed – News Portal from Nepal

सामाजिकफिड-
१२ पुस, जनकपुर ।
नेप्से सूचक साताको दोस्रो दिन बढेर करिब ५ महिनाको उच्च बिन्दुमा पुगेको छ। यस दिन कारोबार रकम पनि बढेको छ। आजको दिन करिब ५ महिना यताकै उच्च कारोबार भएको हो।

आजको दिन नेप्से सूचक ८९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ। भदौ १४ गते कै उच्च बिन्दु हो। नेप्से परिसूचक १९९४.३४ बिन्दुमा रहेको थियो। त्यस्तै सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेको छ

२६१ स्टकको ६३ हजार ६७ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
सकारात्मक सर्किट लेभलमा कारोबार भएका कम्पनीहरु सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो

आज कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आजको दिन २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसतै, नेपाल टेलिकमको १४ करोडभन्दा बढकिो शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी, नबिल बैंक र एनआईसी एशिया बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!