मुम्बईमा ग्राण्ड पार्टी आयोजना गरेर बलिउड सुपरस्टार सलमान खान मनाए ५७ जन्मदिन जहाँ बलिउड सेलिब्रिटीहरु पनि उपस्थित थिए।

शाहरुख खान पनि पार्टीमा उपस्थित भए जहाँ सलमानलाई उनले शुभकामना दिए। सलमान र शाहरुखको कालो पहिरनले आकर्षक देखिएका थिए।
कहिले गर्लान् बिहे ??
सलमान खान यतिबेला निकै व्यस्त छन्। उनले एकपछि अर्को चलचित्र साइन मात्र गर्दैनन्, उनका केही विज्ञापन पनि बाहिर आइरहेका छन्।