१२ पुष जनकपुरधाम। पुस २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ची मुसी चीः इभेन डेड डिजायर बिलङ्गिङ’ को पहिलो गीत प्रकाशित भएको छ।
कलाकारको उपस्थितिमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो। गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन्।
रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर समावेश छ। सौरभ श्रेष्ठ र गौतमले गीत लेखेका छन्। गीतले फिल्मको कथावस्तु र पात्रको मनोदशा बुझन मद्दत पुग्छ।