१२ पुष, जनकपुरधाम। चीनमा महामारीको रुपमा फैलिएको कोरोनाले विश्वका लागि चिन्ताको विषय बनेको छ। त्यहाँका प्रायः सबै सहरमा महामारीका कारण अवस्था नाजुक बन्दै गएको छ तर चीन सरकारले अहिलेसम्म कुल कोरोना सङ्क्रमित र यस रोगबाट मृत्यु भएका व्यक्तिको तथ्यांक लुकाइरहेको छ।

चीनमा हरेक दिन लाखौंको संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँ यो रोगका कारण अवस्था अनियन्त्रित छ तर चीन मात्रा तयार छैन।पश्चिमी सञ्चारमाध्यमले चीनले कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या लुकाइरहेको दाबी गरेको छ।