१२ पुष, जनकपुधाम। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषद्मा विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।
नेकपा एमालेबाट पौडेल, नेकपा (माओवादी केन्द्र) मा श्रेष्ठ र नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने छन् भने मन्त्रिपरिषद्मा ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान रहेका छन् । उनीहरुको पोर्टफोलियो भने तय हुन बाँकी छ।