११ पुष, जनकपुधाम। नव नियुक्त उप-प्रधानमन्त्रि तथा गृहमन्त्रि रवि लामीछानेले पहिले दिन कार्यभार संभालेका छन्। कार्यभार सम्भाल्दै उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन्।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए।