Samajik Feed – News Portal from Nepal

११ पुष, जनकपुधाम। आज सोमबार संसद मा बसेको सत्ता साझेदारी दलहरुको बैठकमा जनमत पार्टीले द्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएका छन्। संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो।

सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए। उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ।’
प्रतिनिधिसभामा ६ ओटा सांसद रेहको जनमत पार्टीका अध्यक्ष सिके राउत आफैँ सरकारमा नजाने भएको जानकारी वहाँले दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *