११ पुष, जनकपुधाम। बालुवाटारस्थित प्रधानमन्त्रि निवास बाट निवर्तमान शेर बहादुर देउवा आज आफ्नो निजि निवास बुढानिलकण्ठमा फर्किदैं हुनुहुन्छ। आज उनले निवास छाड्ने तयारी गर्दै हुनुहुन्छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनियताको सपथ लिनेछन्। त्यसपस्क्षात उनि घर बालुवाटारमा छिर्ने छन्।
प्रधानमन्त्रीका रूपमा दाहालको यो तेस्रो कार्यकाल हो। राष्ट्रपति भण्डारीले हिजो शीतलनिवासमा आयोजित औपचारिक कार्यक्रममा दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। पुराना र नयाँ गरी सात दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १६६ सांसदले दाहालको दाबीलाई समर्थन गरेका छन् भने तीन स्वतन्त्र सांसद पनि दाहालको पक्षमा छन्।