११ पुष, जनकपुधाम। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनियताको सपथ लिनेछन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा भोजराज अधिकारीका अनुसार नयाँ प्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण आज हुने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष नवनियुक्त प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन पाएका छन् ।