११ पुष, जनकपुधाम। भारत र चीनले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिँदै नेपालसँगको सहकार्यलाई थप मजबुत बनाउन तत्पर रहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई दिएका छन्। ‘भारत र नेपालबीचको अनुपम सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ,’ उनले भने, ‘म यो मित्रतालाई अझ मजबुत बनाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।
यसअघि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले दाहाललाई अङ्ग्रेजी र नेपाली भाषामा दुईपटक ट्विट गरेको थियो। आज दिउँसो हुने भनिएको पद तथा गोपनियताको सपथ भने पुष्पकमल दाहालले लिन बाँकी छ।