Samajik Feed – News Portal from Nepal

११ पुष, जनकपुधाम। निर्वाचनपछिको नयाँ सरकारको प्रधानमन्त्रीमा नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन्। प्रचण्डको दाबी स्वीकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। सिटमा, प्रतिनिधि सभाका १६९ सदस्यहरूको समर्थन।

प्रधानमन्त्रीका रूपमा दाहालको यो तेस्रो कार्यकाल हो। राष्ट्रपति भण्डारीले हिजो शीतलनिवासमा आयोजित औपचारिक कार्यक्रममा दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। पुराना र नयाँ गरी सात दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १६६ सांसदले दाहालको दाबीलाई समर्थन गरेका छन् भने तीन स्वतन्त्र सांसद पनि दाहालको पक्षमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *