Samajik Feed – News Portal from Nepal

१० पुष, जनकपुधाम। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन सबैलाई अपिल गरेको छ । छिमेकी मुलुकमा कोरोना भाइरस BF-7 को नयाँ संस्करणको सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।मन्त्रालयले सबैलाई शारीरिक दूरी कायम राख्न र राम्ररी हात धुनेलगायत स्वास्थ्य प्रोटोकल पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने, शारीरिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुनेलगायत स्वास्थ्य नियमावली पालना गर्न सबैलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा कोभिड-१९ खोपको बूस्टर डोज पूरा गर्न सम्बन्धित सबैलाई अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *