Samajik Feed – News Portal from Nepal

१० पुष, जनकपुधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको नयाँ गठबन्धनले देशमा राजनीतिक विकासको नयाँ लहर ल्याएको छ । दाहालको नाममा ‘बाल्कोट गठबन्धन’ सहमत भएको छ । निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति कार्यालयलाई आफ्नो निर्णयको जानकारी गराएको छ।

गठबन्धन सरकारको पहिलो चरणमा प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुट्न नसकेपछि दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुबीच भएको पटक–पटक भेटघाटपछि ‘लोकतान्त्रिक गठबन्धन’बाट बाहिरिएका थिए । पहिलो कार्यकालमा सरकारको नेतृत्व गर्ने कुरामा अडिग रहेकाले सहमति हुन नसकेपछि बालुवाटार छाडेर सिधै ओली निवास बालकोट गएका थिए भने देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने अडान दोहोर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *