Samajik Feed – News Portal from Nepal

वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि बनेको छ । उज्यालो वीरगञ्ज अभियान अन्तर्गत सडक तथा चोकचोकमा वत्ति जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको छ ।

टोलटोलमा रहेका पोल र सडकमा बत्ती जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजीव कुमार उपाध्यायले जानकारी दिए । संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियान अन्तर्गत ३२ वटै वडामा १३ हजार भन्दा बढी बल्ब जडान गरिएको छ । ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन । महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो । नयाँ नेतृत्व आएसँगै कामलाई तीव्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *