०९ पुष,जनकपुरधा। मधेशी आयोगले प्रतिनिधिसभा सचिवालयलाई स्पष्टीकरण माग गरेको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहितलाई सचिवालयले मधेशी भाषामा शपथ लिन मान्यता दिएको विषयमा स्पष्टीकरण माग गरेको छ ।
भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ’मधेशी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरीहरु प्राप्त भएपछि आयोगले स्पष्टीकरण माग गरेको छ । आयोगले सो भाषामा शपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले स्पष्टीकरण माग गरेकी छन् । मधेशी भाषा औपचारिक रुपमा सूचीकृत नरहेको र सो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषाहरुमाथि नकारात्मक प्रभाव पर्ने पत्रमा उल्लेख ।