Samajik Feed – News Portal from Nepal

०८ पुष, जनकपुरधाम। मधेशी आयोगले डा.सि.के राउत सहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ |

पौष ७ गते को औपचारिक कार्यक्रममा सिके राउत सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोग द्वारा सुचिकृत नरहेको ‘मधेशी भाषा’ मा सपथ लिएको भन्दै आयोगमा उजुरीहरु प्राप्त भएपछी आयोगको गम्भीर ध्यानकर्षण भएको तथा सो भाषामा सपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट रुपमा जानकारी गराउन संघीय संसदको सचिवालयलाई पत्र पठाएकी छन् |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सपथ ग्रहण समारोह पछि दर्जनौ संघ-संस्थाहरुले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिक रुपमा सुचिकृत नरहेको र सो भाषामा सपथ लिनुले अन्य विद्यमान भाषाहरु माथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारवाही गर्न आग्रह गरेको बताउनुभएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *