Samajik Feed – News Portal from Nepal

०८ पुष, जनकपुरधाम। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानिमा कोभिड-१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक/मजदुरहरूले अल्पकालीन रोजगारीका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरूका पर्यटकीय सम्पदाहरुको सम्वर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आय आर्जनका अवसरहरूमा बृद्धि गर्न उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for livehood Recovery Project/ STLRP) सञ्चालनमा ल्याइएको छ।

यसै सन्दर्भमा परियोजनाले कोभिड-१९ का कारण बाट पर्यटन व्यावसायीहरु तथा जनशक्तिहरुमा परेको प्रवाभलै मुल्यांकन गरि आगामी दिनहरुमा विपति तथा चुनौतिहरु सँग सामना गर्न सक्ने गरि अन्तिरिक पर्यटन रणनितिक कार्यको योजना निर्माण गर्नको व्यहोरा नेपाल पर्यटन बोर्डले जनाएको छ।

उक्त कार्यक्रम मार्फत अन्तरिक पर्यटनको वर्तमान स्थिति, अन्तरिक पर्यटनको प्रवर्धनमा बाधा पुर्याउने बिधमान नित भित्रका अन्तरहरुको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान अव्यासक्य्ता, अन्तरिक पर्यटन प्रवर्धनका लागि ३ तह क सरकारको भूमिका र दायित्व आदि विषय वस्तुमा गहन छलफल गरि आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने क्रममा रहेको छ।

अन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्मण कार्यका लागि विज्ञद्वारा काम सुरु भाईसकेको र लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपस्चिम, तथा प्रदेश नम्बर १ मा छलफल कार्यक्रम सम्प्पन्न भईसकेको छ। सोहि क्रममा सबै प्रदेशका पर्यटन व्यवसायी तथा सम्बन्धित कार्यालयका प्रतिनिधिहरु सँग छलफल गर्ने कार्यक्रम रहेको थियो। उक्त कार्यका लागि राय सुझाव संकलन गर्न मधेश प्रदेशमा पनि एक दिने छलफल गोष्ठीको आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!