०८ पौष, जनकपुरधाम। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सिमान्तकृत बस्तिहरुमा ‘छोरी शिक्षा बीमा जागरुक सचेतना कार्यक्रम’ गरिएको छ । सामाजिक विकास मन्त्रालय, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘पहिलो चरण’ अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सचेतनाका कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै मधेस प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले पुरुषहरुको तुलनामा छोरीहरुको शिक्षामा पहुँच नपुग्नुका साथै कम उमेरमै परिवारले विहे गरेर पठाउनाले छोरीहरुले विभिन्न शारिरीक तथा मानसिक समस्याहरु झेल्नुपरेकाले सरकारले यो कार्यक्रम ल्याएको बताए । “यो अभियानले छोरीहरुको शिक्षामा पहुँच बढाउँदै उनिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न मद्दत पुर्याउँछ,” निर्देशक फुयालले भन्नुभयो।
बालविवाह रोक्न पनि यो अभियानले भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रममा उपस्थित सहभागीहरुलाई यो कार्यक्रमको विषयमा जानकारीका साथै कसरी फारम भर्ने, फारम भर्दा चाहिने आवश्यक कागजात र समस्या भएको खण्डमा वडा कार्यालयहरुले सहयोग गर्नेबारे पनि जानकारी दिइएका छन् ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको निरन्तरता अन्तर्गत मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री बेटी शिक्षा, बेटी बचाउ अभियान कार्यक्रम, २०७८ को कार्यविधिको निर्देशन सहित २०७८ साल फागुन १ गतेबाट जन्मिएका छोरीहरुलाई लक्षित गरी आएको हो । तपाईंले ल्याउनुभएको ‘केटी शिक्षा बीमा÷मातृत्व बचत कार्यक्रम’ लाई लक्षित गर्दै।