Samajik Feed – News Portal from Nepal

०८ पुष, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा औद्योगिक वातावरणको विकासका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।आज बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन सत्रमा बोल्दै मन्त्री खाँणले यस्ता औद्योगिक मेलाले जनताको चासोको पर्दाफास गरेको बताए । उद्योगीहरुले यस्ता समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री खाँणले उद्योगी–व्यवसायीले भोग्नुपरेका चुनौतिलाई सम्बोधन गर्नु सबै राजनीतिक दलको साझा दायित्व भएको बताउँदै नयाँ सरकारको पहिलो प्राथमिकता जीवन्त अर्थतन्त्र र उद्योग व्यवसायको प्रवद्र्धन हुने दाबी गरे।

उनले उच्च ब्याजदरको समस्यालाई वार्ताबाट समाधान गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै उच्च ब्याजदर घटाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आफ्नो टोलीलाई बुटवललाई देशको गौरवको सहरका रूपमा विकास गर्न क्रियाशील रहेको भन्दै मोतिपुर औद्योगिक क्षेत्रको विकासका लागि सबै राजनीतिक दल, उद्योगी व्यवसायीलगायत सबैसँग सहकार्य गर्न आह्वान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *