०७ पुष, जनकपुरधाम। नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ। पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ। प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन्। आज बसेको बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ।
हितराज पाण्डे बने प्रचण्ड दलका प्रमुख सचेतक