Samajik Feed – News Portal from Nepal

सामाजिकफिड-
जनकपुरधाम, पुस ७ गते ।

बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्। उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो पक्राउ पर्नेमा उनका श्रीमान र उसको देवर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरेको हो। दाजुभाइ कुशल र भरत दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ।

प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो। खबरपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेको थियो।रिंकुकुमारी घरअगाडिकै कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। टाउको किचिएको अवस्थामा शव फेला परेको थियो। त्यसरी शव फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए।

उनीहरूले सर-सल्लाह गरी भरतले चलाउने ना. ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर शव सडकमा निकाली गाडीले टाउकोमा किचेको डिएसपी गिरीले बताए।

त्यसपछि गाडी वीरगन्ज-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाएर राखेका थिए।
‘यसरी हत्यापछि पनि गाडीले किच्दा आफूहरू बचिन्छ कि भन्ने सोचेछन्। गाडी पनि फेला पर्दैन। कसले हिर्काएको पनि थाहा नहुने भन्ने बुझेर हत्यापछि किचेको देखियो,’ डिएसपी गिरीले भने।

शवको पोस्टमर्टम गर्न नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!