Samajik Feed – News Portal from Nepal

२८ मङ्सिर, जनकपुरधाम। मधेशी आयोगले आफ्नो “नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८” मा १४९ जात सहित थारु र मुस्लिमलाई मधेशी को रुपमा सुचिकृत गरी पेश गरेको थियो |

सो प्रतिवेदन सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले आयोगमा हामी मधेशे होइनौ, हाम्रो छुट्टै सभ्यता र पहिचान छ र मधेशीको सुचीबाट हटाइदिन भनेर ज्ञापन पत्र, निवेदन र उजुरीहरु दर्ता गराएका थिए । साथै मधेशी को सुचीमा राख्दा व्यापक विरोध समेत गरेका थिए ।

साथै, थारु र मुस्लिम आयोगका मा.अध्यक्षज्यूहरुले हामीलाई मधेशी मा राख्नु गलत कदम हो र छिटो हटाउनुपर्छ भनेर सार्वजनिक रुपमै प्रेस विज्ञप्ति निकालनुभएका थिए । सोही बमोजिम मधेशी आयोगले थारु र मुस्लिम लाई सुची बाट हटाउने निर्णय गरेको छ ।

विरोध अब मधेशी आयोगको किन ? अध्ध्यन गरेर लेख्दा राम्रो होला कि ? थारु र मुस्लिम आयोगका पदाधिकारीज्यूहरु संग प्रशन सोध्नुस कि किन मधेशी बाट हटाउन लिखित रुपमै दिनुभयो ? संघ-संगठनहरुलाई सोध्नुस किन ज्ञापन पत्र बुझाउनुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!