२७ मङ्सिर, जनकपुरधाम। नेपाल सरकारले २०७९।०२।२३ मा भु-उपयोग नियमावली २०७९ प्रकाशित गरी किता काटको सम्बन्धमा नियम १२ अनुसार कृषि र गैर कृषि क्षेत्रमा किता कांटको हद तोकिएको छ । जस अनुसार तराईमा ६ सय ७५ वर्ग मिटर कृषि क्षेत्रमा र गैर कृषि क्षेत्रमा १ सय ३० वर्ग मिटर भन्दा कम क्षेत्रफल किता काट गर्न पाईदैन । जनकपुरधाम उपमहानगरपालिकाले नियम ५ को उप नियम ७ बमोजिम कृषि क्षेत्र र गैर कृषि क्षेत्रको मात्र वर्गीकरण गरेको छ।