Samajik Feed – News Portal from Nepal

धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरमा बस्ने विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या गएराति गरियको छ । राति ११ बजेको समयमा अज्ञात समुहद्वारा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।
घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!