Samajik Feed – News Portal from Nepal

२३ मङ्सिर, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती, पञ्चेश्वर जस्ता ठूला विकास आयोजना सम्पन्न भएपछि विकास र समृद्धि हुने बताउनुभएको छ। आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीले स्वीकृति पाएकाले पश्चिम सेती आयोजनाको निर्माण छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले पश्चिम सेती, चमेलिया, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वर जस्ता आयोजना निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।प्रधानमन्त्री देउवाले विकासका लागि प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा जोड दिनुपर्नेमा जोड दिए । कोभिड–१९ को महामारीबाट प्रभावित उद्योगहरूको उत्थानका लागि सरकार गम्भीर छ।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पर्वले प्रदेशको विकासमा टेवा पुग्ने बताउनुभएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले औद्योगिक क्षेत्रलाई सुदृढ र व्यवस्थित गर्न काम गरिरहेको बताए । तर समस्या भनेको देशमा पुँजी परिचालनको हो, जुन सोचेअनुरुप हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *