Samajik Feed – News Portal from Nepal

२१ मङ्सिर, जनकपुरधाम। सर्लाहीको पोखरीमा एउटा बालिकाको शव भेटेको छ । मंगलबार बिहान सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी हराएकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा मृत अवस्थामा भेटिएको छ ।

हराएको बालिकाको खोजतलास गर्ने क्रममा घरबाट करिब ४ सयमिटर पुर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा मंगलबार साँझ साढे ५ बजे बालिकाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विषय श्रेष्ठले जानकारी दिएका छन् ।
बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएका छ र घटना विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!