Samajik Feed – News Portal from Nepal

११ मङ्सिर, जनकपुरधाम। मिथिलाको महान पावन सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज ५ औ दिन मट्कोरको बिधि सम्पन्न भएको छ।
आज दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर मैथिली परम्परा अनुसार जानकीको मटकोर गरिएको हो ।

मिथिलाको विधिविधानअनुसार दुलही पक्षबाट मटकोर गरी सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायतका नयाँ लुगा लगाई गंगा सागरमा नुहाउने चलन रहेको छ। त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन गरी विवाह पञ्चमी महोत्सवमा माटो लगिने मैथिली परम्परा रहेको छ।

गंगा सरगरबाट उत्खनन् गरिएको माटोको जानकी मन्दिरमा मडवा बनाउने चलन रहेको छ। बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने मैथिली परम्परा रहेको छ । त्यस्तै मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा चना, बदाम, पुरी र खिर वितरण गर्ने चलनअनुसार जानकीको तर्फबाटमटकोरका लागि पुगेका श्रद्धालुलाई प्रसाद वितरण गरिन्छ।

भोली सोमबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको कार्यक्रम हुने छ ।
मंसिर ७ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोस्त्सब, पाचौं दिन मट्कोर, छैठौं दिन विवाह तथा सथौँ दिन राम केलावा मनाईनछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *