११ कार्तिक, जनकपुरधाम। नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो महोत्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै लक्ष्मी महतो विजयी भएका छन् ।
महतोले २३ हजार ४०२ मत ल्याई विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेल २२ हजार ३७२ मत ल्याए । जसपा को महतोले पाँचदलीय गठबन्धनको पोखरेललाई हराउन सफल भएको छ। गत २०७४ को निर्वाचनमा पोखरेल उनलाई पराजित गरेका थिए भने यसपाली महतो जसपाबाट चुनाव लड्दा पोखरेललाई पराजित गरेका छन् ।