प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव सर्लाही क्षेत्र नं. २ बाट विजयी भएका हुन् । सत्ता गठबन्धनबाट माओवादीको हसिया हथौठा चुनाव चिन्ह लिएर उठेका महेन्द्रले लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै निर्वाचित भएका छन्।
महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् । महिन्द्रले २३ हजार ५२९ मतले विजयी बिजयी भएको छ। भने राजेन्द्रले २१ हजार ५१८ मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याउन सफल भएका छन् ।
यस अघि २०७० को दोश्रो संविधान सभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्र नं. ५ मा महिन्द्र राईले राजेन्द्र महतो लाई पराजित गरेका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । येस्तै, २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर जित हात पारेका पुन: राजेन्द्र महतो चुनाव लड्न आफ्नै सर्लाही क्षेत्र नं २ फर्केका थिए ।