सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते।
तिहारपछि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।