Skip to main content

सामाजिक फीड

जनकपुरधाम, साउन १२ गते ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज जनकपुर सहित देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघले संघले प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।
संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।

नेपाल चिकित्सक संघले डा। प्रमोद राम र अन्य स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई अविलम्ब पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ । यसका साथै वार्ताको क्रममा चिकित्सकहरूको मानमर्दन र दुर्व्यवहार गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न संघले राज्यसँग माग गरेको छ ।

राज्यको दमनकारी व्यवहारको विरोध स्वरूप आजका लागि सांकेतिक रूपमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको र आन्दोलनका थप कार्यक्रमहरू आज नै आयोजना गरिने सर्वपक्षीय भेलाबाट तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल चिकित्सक संघ जनकपुर शाखाले पनि केन्द्रीय समितिको निर्णयअनुसार आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा तथा जनकपुर शाखाअन्तर्गतका स्वास्थ्य संस्था, पोलिक्लिनिक र क्लिनिक बन्द रहने जनाएको छ । शाखाले सबै चिकित्सकलाई आन्दोलनमा अनुशासित, सक्रिय र एकताबद्ध रूपमा सहभागी हुन आह्वान गरेको छ।

नेपाल चिकित्सक संघ, जनकपुर शाखाका महासचिव डा। विजय कुमार साह र अध्यक्ष डा। राम ज्ञान यादवद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान, कानुनी संरक्षण तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न आन्दोलन गरिएको स्पष्ट पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *