Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार ११ गते ।

भेनेजुएलामा शताब्दीयताकै महाविनाशकारी भूकम्प गएको छ । एक मिनेटभन्दा कमको अन्तरालमा गएका लगातार दुईवटा शक्तिशाली भूकम्पका कारण देशमा व्यापक जनधनको क्षति भएको छ। देशको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा शक्तिशाली मानिएको प्राकृतिक विपत्तिपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा संकटकालको घोषणा गरेकी छन् । राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले संकटकालको घोषणा गरेकी हुन् । सरकारले विपद् व्यवस्थापन र उद्धार कार्यको नेतृत्व सम्हाल्न एक जनरललाई जिम्मेवारी तोकेको छ।

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको आठ घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय अधिकारीहरूले विपद्को वास्तविक आकारबारे धेरै जानकारी दिएका छैनन् ।
भूकम्पीय गतिविधिको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीएस० ले मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ ।

पहिलो भूकम्पपछि हालसम्म २० भन्दा बढी पराकम्पहरू गइसकेका छन्।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट करिब १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रका सहरहरूमा समेत भवनहरू खाली गराइएका थिए । राजधानी काराकासमा कतिपय भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने कतिपय घरका पर्खालहरू भत्किँदा भित्र रहेका फर्निचरहरू सडकबाटै प्रस्ट देखिने अवस्था बनेको छ।

व्यवसायिक रूपमा व्यस्त रहने काराकासका दुईवटा क्षेत्रहरूमा धुलोको विशाल स्तम्भ उडेको देखिएको थियो। भूकम्पका कारण राजधानीमा पेट्रोल आपूर्ति ठप्प भएको छ भने भग्नावशेष भित्रबाट मानिसहरूले उद्धारका लागि गुहार मागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *