Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ४ गते ।

धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित जनशक्ति माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य सुरु भएको छ । भवन निर्माण योजनाको शुक्रबार एक कार्यक्रमबीच भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देव सहाय मीना र बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले संयुक्त रूपमा शिलान्यास गरे ।

नेपाल सरकार र भारत सरकारको संयुक्त लगानीमा ४ करोड १९ लाख ९१ हजार ७११ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको ठेक्का दोलखा स्थित डिमुन–डी।एस। बिल्डर्स जेभीले पाएको छ ।
महावाणिज्य दूत मीनाले नयाँ भवन निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित सिकाइ वातावरण पाउने विश्वास व्यक्त गरे । भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक पूर्वाधारमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा बटेश्वर गाउँपालिका-३ का वडाध्यक्ष राममणि कुशवाहा, वडा नं। ४ का वडाध्यक्ष निरज कार्की, वडा नं। ५ का वडाध्यक्ष शिवकरण यादव, प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक छटुलाल महतो, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोगिलाल महतो, स्थानीय अगुवा अमरदीप महतो, चिकित्सक डा। सुनिल सिंह लगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *