Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ४ गते ।

मधेशमा बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने ८ जना सवारी चालकको लाइसेन्स निलम्बनको प्रक्रिया सुरु भएको छ । पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीहरुको लाइसेन्स निलम्बन प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले ती लाइसेन्स निलम्बन प्रक्रिया सुरु गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहका अनुसार आठै जना सवारी चालकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० बमोजिम ‘चालकले पालन गर्नुपर्ने शर्तहरु पाँच पटक भन्दा बढी उल्लंघन गरेको प्रमाणित भएको छ ।

यस्तो अवस्थामा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमति पत्र ६ महिनासम्मको लागि निलम्बन गर्न सक्ने र सोही व्यवस्था बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *