Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ४ गते ।

धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। मिथिला नगरपालिका-७, ढल्केबरस्थित रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो।

जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो। आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले दाबी गरे ।

इन्जिनियरसहितको टोलीको अध्ययनपछि मात्र क्षतिको विस्तृत विवरण खुल्ने उनको भनाई छ । आगलागीबाट उद्योगका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको छ।

कच्चा पदार्थ र तयार गरिएका तेल सम्पूर्ण जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आगलागीबारे थप अनुसन्धान जारी छ । क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *