Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ३ गते ।

धनुषामा एक पुर्ववडाध्यक्ष मृत फेला परेका छन् । सबैला नगरपालिका-१२, का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गणेशमान चारनाथ नगरपालिका-९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । मृतक महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट सबैला नगरपालिका-१२, को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

शव शव भेटिएको स्थलमा करिब एक दर्जन बियरलगायत अन्य मादक पदार्थका खाली बोतलसमेत भेटिएको छ । घटनास्थलमा महतोसँगै रहेका भनिएका व्यक्तिहरु फरार रहेको प्रहरीको भनाई छ ।

उनीहरुको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले बताए । उनका अनुसार मृतक महतोसहित आठ, नौ जनाकोे समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान छ । मृत्युको ठोस कारण अहिलेसम्म खुल्न नसकेको घटनाबारे थप अनुसन्धान जारी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *