Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ३० गते ।

पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक महिलाको डेरामा पुगेका प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । पर्साको कालिका माई गाउँपालिका–१ मुरली निवासी २८ वर्षीय विकास चौरसियाको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतका अनुसार महिलाको डेरामा पुगेको अवस्थामा उनको श्रीमान् सहितका केही व्यक्तिको सामूहिक कुटपिट तथा रड प्रहारबाट चौचसियाको मृत्यु भएको पाइएको छ ।

रौतहटको कटहरिया घर भई वीरगंज–९ भारतीय दुतावास पछाडि डेरामा बस्दै आएकी महिलाको कोठामा साँझ करिब ५ बजे पुगेका प्रहरी र महिलाको श्रीमान्‌सँग भएको विवादले उग्र रुप लिँदा कुटपिट भएको हो । चर्को स्वरमा म्युजिक बजाएर चौरसियालाई घरमै थुनेर उनीहरुले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
ती महिलाका पति वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै वीरगंज आएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आएका चौरसिया १० दिनको बिदा लिएर घर आएका थिए। प्रहरीले सो हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *