उधोग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा नेपालको औद्योगिक क्षेत्र अप्ठ्यारो अवस्थामा रहेको निजि क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विण्णु अग्रवालले आर्थिक संकटका बेला उधोगधन्दा समस्यामा परेको बताएका हुन् ।
गाेल्छाले नेपालमा मुल्य अभिबृद्धि हुने, धेरै राेजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा जोड दिएका छन्। उक्त कार्यक्रममा बोल्दै उनले वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको र उद्योग त्यसको चपेटामा परेकाे बताएका छन्
“वाणिज्य बैंकहरु नाफा कमाउने उदेश्य कै हुने हुन ब्याजदरकाे अस्थिर अवस्थामा बैकलाई भन्दा पनि उद्योग बचाउन सरकारले उद्योगकाे ब्याजमा अनुदान दिनुपर्छ ” गाेल्छाले थपे “उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयवह छ। ” अर्थतन्त्रमा देखिएकाे समस्या समाधानमा गलत उपचार गरिंदा राजश्व घटेर सरकार साधारण खर्च सञ्चालन गर्न पनि नसकिने अवस्थामा पुगेको र निजी क्षेत्रकाे मनाेबल पनि निकै खस्किएको भन्दै गाेल्छाले अर्थतन्त्रको समस्या कम गर्दै लैजान उद्योग चल्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।