Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ। साथै नयाँ सरकार गठन हुन भने करिब १० दिन लाग्न सक्ने पार्टीले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्। उनका अनुसार समानुपातिक सांसदहरूको सूची टुंग्याउने तथा अन्य विषयमा छलफल गर्न आज पार्टीको बैठक बस्दैछ।

बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले भने, “हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा बुझाउनु हो, त्यसैले आज हामी त्यो प्रक्रिया टुंग्याउँछौं।”

सरकार गठनका बारेमा गरिएको प्रश्नको जवाफ दिँदै उनले केही संवैधानिक तथा व्यवहारिक प्रक्रियाहरू अझै बाँकी रहेकाले नयाँ सरकार गठन हुन करिब १० दिन लाग्न सक्ने बताए।

उनले भने, “सबै कुरा हाम्रो चाहनाअनुसार मात्र हुँदैन। संसद् सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्छ। निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन बाँकी छ। त्यसपछि समानुपातिक उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्नुपर्ने हुन्छ। यी सबै प्रक्रिया फरक-फरक निकायको जिम्मेवारीभित्र पर्ने भएकाले ठ्याक्कै समय भन्न सकिँदैन, तर अनुमानतः अझै करिब १० दिन लाग्न सक्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *