Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २७ गते ।

नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान कोसी प्रदेशको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल लागेको छ।

आज बिहान ८ बजे मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।तराई तथा उपत्यकाका थोरै स्थानमा तुवाँलो पनि रहनेछ।

महाशाखाका अनुसार कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली भूभागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन।चट्याङसहित हल्का वर्षा।हिमपात हुने सम्भावना छ।

मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले दिउँसो काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना रहेको जानकारी दिए।
यस्तै आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधरणतया बादल लाग्ने र देशका बाँकी स्थानमा आंशिक बादल लाग्ने मौसम महाशाखाले जनाएको छ ।

मधेस र कोसी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन।चट्याङसहित हल्का वर्षा।हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *