सामाजिक फिड
जनकपुरधाम, फाल्गुन २५ गते।
फाल्गुन २३ गते बिहान धनुषा-३ निर्वाचनको नतिजा सार्वजनिक भइसकेको थियो। विजयको प्रमाणपत्र लिन जाँदा मनिष झाले आफ्नो भतिजा हर्षितलाई नजिक बोलाए। हर्षितको हातमा एउटा फोटो थियो-उनका दिवंगत पिता अमित झाको।
संसदमा निर्वाचित भएको त्यो क्षणमा मनिषको मन भने अर्को ठाउँमा पुगिसकेको थियो। “राजनीतिमा आउनु पर्छ, चुनाव लड्नु पर्छ,” भन्ने सपना उनका भाइ अमितले बारम्बार सुनाउने गर्थे। तर त्यो सपना पूरा हुनुअघि नै अमित संसारबाट विदा भइसकेका थिए। “मेरो सबै संघर्षमा भाइको प्रेरणा छ,” मनिषले पछि सम्झिए।
फाल्गुन २३, २०८२ मा सार्वजनिक भएको नतिजाले भने त्यो सपना पूरा गरिदियो मनिष झा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
जनकपुरको विद्यार्थीदेखि बौद्धिक व्यक्तित्वसम्म
जनकपुरमै हुर्किएका मनिष झाले जानकी उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरे। त्यसपछि रामस्वरूप रामसागर (RRM) क्याम्पसमा अध्ययन गर्दै उनले समाज र राजनीतिका विषयमा चासो बढाए। उनको शैक्षिक यात्रा त्यतिमै रोकिएन।
व्यवस्थापन, राजनीति र भाषा-तीनै क्षेत्रमा उनले अध्ययन गरे।
BBA, Executive MBA, राजनीति शास्त्रमा स्नातकोत्तर, मैथिली साहित्यमा स्नातकोत्तर – यी अध्ययनहरूले उनलाई केवल विद्यार्थी मात्र होइन, विचार राख्ने सार्वजनिक बौद्धिक व्यक्ति बनायो।
डाटा, अनुसन्धान र सार्वजनिक बहस
मनिष झा केवल राजनीति गर्ने व्यक्ति मात्र होइनन्,उनी FACTS Research & Analytics (FACTS Nepal) का संस्थापक पनि हुन्। यो संस्थामार्फत नेपालमा डेटा-आधारित अनुसन्धान र नीति बहसको संस्कृति विकास गर्ने प्रयास भयो। टेलिभिजन बहस, सार्वजनिक व्याख्यान र लेखमार्फत उनी संघीयता, सुशासन र मधेशको प्रतिनिधित्वका विषयमा खुला रूपमा बोल्ने व्यक्ति बने।
जनकपुर लिटरेचर फेस्टिवलसँगको सम्बन्ध
जनकपुरको सांस्कृतिक जीवनसँग पनि मनिष झा गहिरो रूपमा जोडिएका छन्। जनकपुर लिटरेचर फेस्टिवलको आयोजनामा उनी सक्रिय रूपमा सहभागी भएका थिए। यो फेस्टिवलले मैथिली भाषा, साहित्य र मधेशको सांस्कृतिक पहिचानलाई राष्ट्रिय बहसमा ल्याउने काम गरेको छ।
उनका दाई अमित झा पनि यस अभियानसँग जोडिएका थिए। २०७७ सालमा दाईको निधन भएको दिन पनि जनकपुरमा लिटरेचर फेस्टिवल आयोजना हुँदै थियो। मनिषले त्यही मञ्चबाट भाइको निधनको खबर सुनाएका थिए र त्यसपछि उनको सम्झनामा “अमित झा मेमोरियल अवार्ड” घोषणा गरिएको थियो।
प्रत्यक्ष राजनीतिमा प्रवेश
मनिष झाको राजनीतिक यात्रा पनि क्रमशः विकसित भयो। पहिले उनी सार्वजनिक नीति र राजनीतिक विश्लेषणमा सक्रिय थिए।
पछि नयाँ राजनीतिक विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) सँग जोडिए। उनी पार्टीका प्रवक्ताका रूपमा पनि चिनिए।२०७९ को निर्वाचनपछि उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बने।
संसदमा उठाएका मुद्दा
संसद सदस्य भएपछि मनिष झाले विभिन्न नीति र विकासका मुद्दामा सक्रिय भूमिका देखाए।
उनले विशेष रूपमा उठाएका विषयहरूमा:
:- सुशासन र पारदर्शिता
:- डेटा-आधारित नीति निर्माण
:- मधेशको विकास
:- सरकारी सेवा प्रणाली सुधार
उनको संसद उपस्थिती दर पनि उल्लेखनीय रहेको बताइन्छ।

धनुषा-३ बाट ठूलो जित
२०८२ को निर्वाचनमा मनिष झा प्रत्यक्ष निर्वाचनमा उत्रिए। नतिजा सार्वजनिक हुँदा उनले ४३ हजारभन्दा बढी मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई ठूलो मतान्तरले पराजित गरे।
जनकपुर र मधेशका लागि उनका योजना
निर्वाचनपछि उनले जनकपुरको विकासलाई प्राथमिकता दिने बताएका छन्।
उनका प्राथमिक योजनाहरूमा:
:- जनकपुर विमानस्थलको स्तरोन्नति
:- जनकपुर रेल सेवा विकास
:- खानेपानी र सरसफाइ सुधार
:- रामजानकी रंगशाला विकास
:- जनकपुरको सांस्कृतिक सम्पदा संरक्षण
:- जस्ता विषयहरू समावेश छन्।
:- एउटा नयाँ पुस्ताको प्रतिनिधि
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।