Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।

सिरहामा बस र मोटरसाइकल एकआपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । यस्तै, उक्त दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका छन् ।


सिरहाको गोलबजार नगरापलिका ३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका ८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको प्रहरीले जनाएका छन् ।


गोलबजार तर्फबाट आउँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोकिँदा घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए ।


दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन् । मृतक र घाइते एउटै मोटरसाइकलमा सवार थिए । गम्भीर घाइते रहेका मण्डलको विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *