Skip to main content

९ मंसिर, जनकपुर । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उधोग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्छ अग्रवाल बताएका छन् ।

८औं राष्ट्रिय उधोग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै अग्रवालले अर्थतन्त्रमा सुधार ल्याउनको लागि सरकारलाई बेलैमा सचेत हुनुपर्छ नत्र उधोगहरु झनै धरासायी पर्न जान्छन।

अध्यक्षमा चयन भएका बिष्णु अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनको यो ग्रुपले नेपालमा आधा दर्जन बढी ब्रान्डका सवारीसाधन आयात गरी कारोबार गर्दै आइरहेको छ । ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुले यामाहा मोटरसाइकल, जेसिबी हेभी इक्विपमेन्ट, स्कोडा र फिएट तथा जिप ब्रान्डका कार, चिनियाँ ब्रान्ड फोटोनका मिनीबस तथा पिकअप, मान ब्रान्डको कर्मसियल भेइकल र एचपी ब्रान्डको लुब्रिकेन्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । साथै सोही ग्रुप अन्तर्गतको अर्को कम्पनी भीआर होल्डिङले चेक रिपब्लिकको एलइटी जहाज समेत आयात गरी कारोबार गर्दै आइरहेको छ ।

अटोमोबाइल व्यवसायमा रोल मोडल बनेर उदाएका अग्रवाल संलग्न कम्पनीले कारोबार गर्ने प्रायः सबैजसो ब्रान्डका सवारीसाधन नेपाली अटोबजारमा स्थापित बनेका छन् । जापनिज टु ह्विलर ब्रान्ड यामाहा, विश्व प्रख्यात हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबी, चेक रिपब्लिकन ब्रान्ड स्कोडा र अमेरिकन आइकनिक ब्रान्ड जिपले नेपालको अटोबजारमा निकै राम्रो छाप पारिरहेको छ । आक्रामक बजार रणनीति र बिक्री पछिको सेवामा समर्पित बनेका कारण उनी संलग्न कम्पनीले कारोबार गर्ने हरेक ब्रान्ड सफल सावित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *