Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन  गते 

रौतहटको गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा कर कार्यालय लैजान लागेपछि स्थानीयले घेरेका छन् । शुक्रबार स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् ।

सरकारले करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा लैजान लागिएको हो ।

आन्तरिक राजस्व विभागको सूचना अनुसार अब प्यान कार्डलगायतका सेवा स्थानीय तहबाटै हुने छ । तर स्थानीय व्यापारीले भने यसको विरोध गर्दै आएका छन् । करदाता सेवा कार्यालय खारेज गरेर जनताले सास्ती भोग्नु पर्ने दिन आएकाले कार्यालयका समान अन्यत्र लैजान नदिने नेपाली कम्युनिष्ट पार्टीका नेता रेवन्त झाले बताए । उनले अब पालिकाले सेवा दिने भनिएतापनि कतिपय कामका लागि सिमरा जानपर्ने बाध्य बनाइएको बताए ।

कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायत धेरै सेवा अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने भनिए पनि स्थानीय व्यापारीले मानेका छैनन् ।
सरकारले देशभरका ३९ वटा करदाता सेवा कार्यालय खारेज गरी सबै सेवा स्थानीय तहबाट दिने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *