सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते
जनकपुरधाम उपमहानगरपालिकामा मृत अवस्थामा फेला परेकी युवती नर्स रहेको खुलेको छ । जनकपुरधाम १७ मा मूल सडक भन्दा ५० मिटर भित्रको गोरेटो वाटोमा फेला परेको शव धनुषाको विदेह नगरपालिका घर भई जनकपुरधामको मुर्ली चौकमा रहँदै आएकी २२ वर्षीया अविवाहित नर्स रहेको खुलेको छ ।
स्थानीयबासिले बुधबार बिहान सडक किनारमा शव देखेपछि प्रहरीमा खबर गर्दा प्रहरीले मुचुल्का उठाइए पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएका हुन् ।
शुरुमा तेश्रो लिङ्गि भनेर स्थानीयले हल्ला गरेपनि प्रहरीले अनुसन्धान गर्दा जनकपुरधामको एक निजी अस्पतालमा नर्सको रुपमा कार्यरत्त रहेकी २२ वर्षीया युवती रहेको पुष्टि भएको धनुषा प्रहरीले जनाएको छ ।
मृतक यूवतीको पर्स तथा गोजीवाट मोवाईल बरामद भएपछि पहिचान खुलेको भएपनि प्रहरीले अनुसन्धानमा असर पर्ने भन्दै मृतक यूवतीको नाम गोप्य राखेको छ । यूवतीको घाटीमा साल वेरिएको जस्तो नीलडाम देखिएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।