सामाजिक फीड-
जनकपुरधाम, माघ १० गते ।
नेपाली कांग्रेसले आगामी माघ १६ गते जनकपुरधामम प्रदेशस्तरीय चुनावी सभा गर्ने भएको छ । पहिलोपटक मधेशमा चुनावीसभा गरेर उसले चुनावी अभियान सुरु गर्ने भएको छ ।
सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने काँग्रेसका मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए । सभाको लागि पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ । जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् ।
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।